Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

तुर्माखाँदमा विषेशज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन हुँदै

Photo : Janak Rawat

Photo : Janak Rawat

189
SHARES
290
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट, २२ फागुन, अछाम : अछामको तुर्माखाँद गाउँपालिकाले २ दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । जिल्लाकै विकट रहेको तुर्माखाँद गाउँपालिकाका नागरिकहरूलाई गाउँमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले जानकारी दिए । 

सामान्य स्वास्थ्य जाँच गराउन जिल्ला अस्पताल मंगलसेन, सुर्खेत जिल्ला सम्म जानुपर्ने बाध्यता रहेको भन्दै गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा शिविर मार्फत गाउँघरमै दिन लागेको अध्यक्ष बिसीले फरक खबरसँग बताए । 
तुर्माखाँद गाउँपालिका अछामको सहयोगमा स्वास्थ्य कार्यालय अछामको समन्वयमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । 

यही फागुन २९ र ३० गते २ दिन कालिकेश्वरी माध्यामिक विद्यालयमा सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । बिहान १० बजेदेखि उपचार सेवा सुरु हुने भएकाले समयमै उपस्थित भई आफ्नो स्वास्थ्य जाँच गराउन आग्रह गरिएको प्रशासकीय अधिकृत शाहीले बताए । 

शिविरमा जनरल फिजिसियन, स्त्री रोग, बालरोग, दन्तरोग, नाक, कान, घाँटी, शल्य चिकित्सा, हाडजोर्नी तथा नसारोग, छालारोग, मानसिक रोगको उपचार विशेषज्ञ स्वास्थ्यकर्मीहरूद्धारा गरिने पनि पालिकाले जनाएको छ । 

साथै रेडियोलोजिस्ट तथा भिडियो एक्सरे सेवा, इसिजी , पिटिए, प्रयोगशाला सेवा, आयुर्वेद सेवा तथा आँखा परीक्षण, परिवार नियोजन, महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा समेत दिइने छ ।

शिविरमा सहभागी भई ढुक्क तरिकाले आफ्नो स्वास्थ्यमा भएका समस्याहरू चिकित्सकहरूलाई जानकारी दिई समयमै उपचार गर्न सबै पालिका बासिलाई आग्रह गरिएको छ । 

Previous Post

फागु पूर्णिमाले सद्भावको वातावरण सिर्जना गर्छ : नगर प्रमुख बोहरा

Next Post

 कलेजो क्यान्सर पीडित सुवासको उपचारमा आर्थिक अभाव

Next Post

 कलेजो क्यान्सर पीडित सुवासको उपचारमा आर्थिक अभाव

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal