फरक खबर,अछाम । स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा मंगलसेन नगरपालिका अछाम जिल्लाकै उत्कृष्ट भएको छ । अछामका १० स्थानीय तह मध्ये मंगलसेन नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्य सम्पादन मुल्यांकनमा अछाम जिल्लाको प्रथम स्थान हासिल गरेको हो ।
आयोगले प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको प्रकाशित नतिजा अनुसार अछामका पालिकाहरु मध्ये सवैभन्दा बढी ७० दशमलव ३९ अंक प्राप्त गरि मंगलसेन नगरपालिका प्रथम भएको हो । देश भरिका २९१ नगरपालिका मध्ये ९ औं स्थानमा रहेको मंगलसेन नगरपालिकाले सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये चौथो स्थान हासिल गरेको छ । यस्तै देश भरिका कुल ७५३ पालिकामा २९ औं स्थान हासिल गरेको छ ।
नेपाल सरकार बाट आ।व २०८१र८२ का लागी आयोगको सिफारिसमा उपलब्ध गराईने बित्तिय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मुल्यांकन वापत प्रदेश र स्थानीय तहको अन्तीम नतिजा अनुसार पालिकाले उक्त स्थान हासिल गर्न सफल भएको मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनु भयो । नतिजाबाट थप प्रभावकारी सेवा प्रवाहका लागि हौसला प्राप्त भएको उहाँले बताउनुभयो ।
यो नतिजाले मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देखि सवै कर्मचारीहरुले प्रवाह गरेको नागरिक सेवा र उनिहरुको विज्ञता तथा जिम्मेवारी वोधलाई प्रष्ट पारेको छ । अछाम जिल्लामा दोस्रो स्थानमा चौरपाटी गाँउपालिका रहेको छ भने पुछारमा कमलबजार नगरपालिका रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले विभिन्न १७ वटा सुचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्याँकन गर्ने गर्दछ ।
Discussion about this post