चन्द्र प्रसाद भाट, कार्तिक २५ अछाम । नेकपा एमाले अछाम क्षेत्र नः २ को कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम मङ्गलसेन नगरपालिका वडा नः १३ बस्तीमा सम्पन्न भएको छ । अछाम क्षेत्र नः २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यज्ञ बहादुर बोगटी र प्रदेश सभा (ख) का उम्मेदवार शिव प्रसाद उपाध्यायको सहभागितामा घरदैलो कार्यक्रम गरिएको थियो ।
निर्वाचन आउन ९ दिन मात्रै बाँकी रहेका बेला एमाले अछामले कार्यक्रता भेटघाटको कार्यक्रमलाई तीब्र पारिएको एमाले अछामका जिल्ला कमिटी सदस्य सिद्ध प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । आज वडा न : १३ बस्तीको बाडा, खन्टाल्ना , बुढाबाडा , बस्तीमा घरदैलो गर्दै कोणसभा समेत गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार बोगटीले मङ्गलसेन नगरपालिकाकै अति विकट रहेको बस्तीको विकासका लागी सक्रिय रुपमा आफूले काम गर्ने बताएका छन । यस अघिपनि बस्तीमा सडक, विद्युत ,शिक्षा, स्वास्थ्य लगायतका विकासका पूर्वाधारहरूमा आफूले बजेट विनियोजन गरेको बताउँदै नि वर्तमान सांसद समेत रहनुभएका एमाले नेता बोगटीले अझै बस्तीको पूर्ण विकासका लागी पहल गरिने समेत बताउनुभयो ।
बस्तीका हरेक टोलहरू विकट रहेका भन्दै सडक र विद्युतको पहुँच पुग्न बाँकी रहेका टोलहरूमा पनि छिटै नै यसको पहुँच पुगाउने प्रतिबद्धता जनाउनुभयो । २०७४ सालको निर्वाचनमा पनि बस्ती बासिले न्यानो माया दिएको स्मरण गर्दै उहाँले यसपटक पनि समृद्ध बस्ती निर्माणका लागी मंसिर ४ गते सूर्य चिन्हमा मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा बोल्नुभएका प्रदेश सभा (ख) का उम्मेदवार शिव प्रसाद उपाध्यायले बस्तीको विकासका लागी आफू सकारात्मक रहेको भन्दै यसपटक आफूलाई जनताको पक्षमा काम गर्ने अवसर बस्तिबासीले दिनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
कमिसनका आधारमा प्रदेश सरकारबाट योजनाहरू गाउँमा आउने परिपाटीको विकास तीब्र रहेको प्रति चिन्तित हुँदै उहाँले आफूले संसद्मा जाने अवसर पाएमा यस्तो फोहोरी खेललाई अन्त्य गर्ने समेत बताएका हुन । समान रुपमा जनताका आवश्यकताका विकासका कामहरू गर्न आफू प्रतिबद्ध रहेको भन्दे उपाध्यायले यसपटक बस्तिबासीले सूर्य चिन्हमा मतदान गरि आफूलाई विजयी गराउनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला कार्यसमितिका सदस्य पुरन बिक कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको छ । बिक लगायत कर्ण बिक, निकेस थापा, कपुरे बिक, सर्प थापा लगायतका अन्य कार्यक्रताहरु एमालेमा प्रवेश गरेका छन ।
कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य भीम जनाला, एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, सचिव भीम रावल, मंगलसेन नगरपालिका इन्चार्ज लिलाराज केसि, जिल्ला सचिवालय सदस्य मान बहादुर बोगटी, जिल्ला कमिटी सदस्य सिद्ध प्रसाद ढुंगाना, किसान संघका जिल्ला सचिव भोगेन्द्र बोगटी, अनेरास्ववियुका श्यामसुन्दर रावल, लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post