१३ बैशाख, अछाम : गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा भाग लिई विजयी तथा पराजित उम्मेदवारहरूले आफ्नो चुनावी खर्च सार्वजनिक गर्न थालेका छन ।निर्वाचन आयोगले चुनावको समयमा भएको आफ्नो खर्चको विवरण सार्वजनिक गर्न परिपत्र गरेपछि निर्वाचनमा भाग लिएका उमेदवारहरूले चुनावको बेला आफूले गरेको खर्चको विवरण सार्वजनिक गर्न थालेका हुन ।
सोही क्रममा अछाम क्षेत्र न. २ को प्रतिनिधिसभाको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचनमा प्रतिष्पर्धा गर्नुभएका नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटीले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्नुभएको छ । नेता बोगटीले जिल्ला निर्वाचन कार्यालय अछाम मार्फत आफ्नो खर्चको विवरण बुझाउनुभएको हो ।
बोगटीले चुनावका बेला २२ लाख ५० हजार बराबरको खर्चको विवरण सार्वजनिक गर्नुभएको हो । नि वर्तमान प्रतिनिधि सभा सदस्य रहेका नेता बोगटी यसपटक भने बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पुष्प बहादुर शाह संग पराजित हुनुभएको थियो ।
केन्द्रिय सदस्य बोगटीले चुनाव प्रचारप्रसार बापत ५ लाख, खाजा तथा खाना बापत ७ लाख, इन्धन खर्च बापत ५ लाख खर्च भएको विवरण सार्वजनिक गरे । सवारी साधन बापत ५ लाख र सञ्चार खर्च बापत ५० हजार गरि जम्मा २२ लाख ५० हजारको खर्चको विवरण सार्वजनिक गरिएको उहाँको बोगटीको सचिवालयले जनाएको छ । आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार आफूले समयमै चुनावी खर्चको विवरण सार्वजनिक गरेको बोगटीले बताए ।
यस्तै, अछाम क्षेत्र न. २ बाट प्रतिनिधि सभामा निर्वाचनमा भाग लिनुभएका स्वतन्त्र उम्मेदवार चन्द्र प्रसाद ढुङ्गानाले पनि आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले आफ्नो निर्वाचनको बेला २ लाख २१ हजार ५ सय १० रुपैयाँ खर्च भएको उनले बताए ।
Discussion about this post