काठमाडौं । आईसीसी टी- २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको हो । खेल अहिले बिहान ९ बजेबाट सुरु हुनेछ ।
नेपाली टीममा कुनै परिवर्तन गरिएको छैन् । यो खेललले समूह विजेता र उप(विजेता टुंगो लगाउने छ ।
समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् ।
समूह विजेताले समूह बी को उप – विजेतासँग सेमिफाइनल शुक्रवार खेल्नेछ ।
Discussion about this post