Pharak Khabar
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
Pharak Khabar
No Result
View All Result

केदारनाथ मेला कार्तिक २८ गते लाग्ने : समितिको अध्यक्षमा जैशी

42
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ जामामा लाग्ने केदारनाथ मेला सम्पन्न गर्न मेला व्यवस्थापन समिति गठन गरिएको छ। महेशप्रसाद जैसीको अध्यक्षतामा समिति गठन गरिएको हो। कार्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म लगातार १० दिन चल्ने मेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि जैसीको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको हो।


यस वर्ष केदारनाथको मेला तिथि घटबडका कारण कार्तिक २८ गते नै हुने भएको छ। कार्तिक २८ गते केदारनाथ र छडाल देवताले खला नाच्ने र २९ गते केदार माडुमा आज पूजासहित होम गरिने जामाका स्थानीय युवा भीम खतिवडाले फरक खबरलाई जानकारी दिनुभयो ।

पूर्वी अछामको अन्तिम मेला पनि केदारनाथको मेला नै भएकाले यसको महत्त्व अझ बढी रहेको पाइन्छ। लगातार १० दिनसम्म दुवै देवताले धेवल लगाएर त्रयोदशीका दिन छडाल देवताले तीन तलामाथिबाट खसालेको पानी खानुका साथै बाघ र बिरालोको रुपमा नाच्ने गर्दछन् ।
छडाल देवताको पूजा भने कार्तिक ३० गते पूर्णिमाको दिन हुने बताइएको छ । डोटेली संस्कृतिमा आधारित अछामको एकमात्र मेला भएकाले मेला भर्न छिमेकी जिल्ला डोटी सुर्खेत दैलेख र कैलाली जिल्लाबाट पनि भक्तजनहरु जामा पुग्ने गर्दछन् ।


केदारनाथको पूजाआजा गर्दा अन्न , सन्तान ,पशु लाभ हुने ऐतिहासिक विश्वास रहि आएको छ। यो विशुद्ध रुपमा शाहाकारी देवता भएकाले दुध र घ्युलाई प्रसादको रुपमा ग्रहण गरिन्छ। यो मेलामा लामो समयदेखि टाडिएका आफन्तजन साथीभाइ दिदीबहिनी बीच पनि आपसी भेटघाट हुने भएकाले यो मेलालाई अझ आपसी सद्भावको मेलाका रुपमा पनि लिने गरिएको छ ।


गठन भएको समितिले जामामा हुने मेलालाई शान्त र मर्यादित रूपमा सम्पन्न गर्नका लागि काम गर्ने बताइएको छ। मेलालाई शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालन गर्नेदेखि अन्य व्यवस्थापनका कार्यसमेत समितिले गर्ने समितिका संयोजक महेश जैसीले जानकारी दिनुभयो। मेलालाई सफल र भव्य बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै जैसीले सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो साथै मेला भर्नका लागि सबैलाई आमन्त्रण पनि गरिएको बताइएको छ ।

Previous Post

जन नमुना माबिले गर्यो बुद्धभूमि मानव सेवा आश्रमलाई सहयोग

Next Post

बालविवाह रोक्न रुपान्तरण कक्षा

Next Post

बालविवाह रोक्न रुपान्तरण कक्षा

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    4268 shares
    Share 1707 Tweet 1067
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3447 shares
    Share 1379 Tweet 862
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3291 shares
    Share 1316 Tweet 823
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    3049 shares
    Share 1220 Tweet 762
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2491 shares
    Share 996 Tweet 623
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2306 shares
    Share 922 Tweet 577
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2152 shares
    Share 861 Tweet 538
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2134 shares
    Share 854 Tweet 534

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद ।

कम्पनी दर्ता नंः २३३५१८/०७६/७७

सूचना तथा प्रशारण विभाग दर्ता  नः ३७५१/२०७९/८०

प्रेस काउन्सिल दर्ता नः ३७४४/२०७९/८०

हाम्रो टिम

अध्यक्ष : चन्द्र प्रसाद भाट (Chandrabhat2018@gmail.com)

सम्पादक : नमराज भाट

प्राविधिक : प्रविण आचार्य

संम्वाददाता   : गणेश प्रसाद भाट, मनिषा रावल

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2025 Pharak Khabar | Website Developed by : WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2025 Pharak Khabar | Website Developed by : WebPal