ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन नसकेको बताएका छन् ।
ढकारी गाउँपालिकामा खेलकुद क्षेत्रको विकासका लागी आवश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै खेलाडिको उचित व्यवस्थापन गर्ने समेत उनले उद्घोष गरेका छन् ।
बुधबार पालिका स्तरीय अन्तर माबी खेलकुद प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साउँदले गाउँपालिकामा खेलमैदानको उचित व्यवस्थापनको अभाव रहेको स्वीकार गर्दै उनले आगामी बर्ष खेल मैदानको व्यवस्थापन तथा रङ्गशाला निर्माणका लागी आवश्यक पहल गर्ने उनको भनाई छ ।
खेलकुद क्षेत्रमा राम्रो सम्भावना भएका खेलाडीहरू समेत व्यवस्थापनको अभावमा ओझेलमा पर्ने गरेको बताउँदै उनले ढकारी गाउँपालिकाका खेलाडीहरूको व्यवस्थापनमा कञ्जुस्याँइ नगर्ने बताएका छन् । पश्चिम रैबारबाट
Discussion about this post